काठमाडौं । बारम्बार हेरफेर हुदैं आएको नेपाली कांग्रेसको महाधिवेशन कार्यतालिका पुनः हेरफेर हुने भएको छ । पूर्व निर्धारित कार्यतालिका अनुसार काम सम्पन्न नभएपछि कार्यतालिका संशोधन गर्न कांग्रेस केन्द्रीय समितिको बैठक चैत २० गतेका लागि बोलाइएको छ ।
कांग्रेसको महाधिवेशन आगामि भदौ ७ गतेदेखि १० गतेसम्म काठमाडौंमा हुँदैछ । निर्धारिता कार्यतालिका अनुसार चैत १० गतेसम्म जिल्ला र क्षेत्रीय कार्यसमितिले नयाँ र नवीकरण भएका क्रियाशील सदस्यको सूची केन्द्रमा बुझाइसक्नुपर्ने थियो ।
हालसम्म ६९ जिल्लाबाट क्रियाशील सदस्यता कांग्रेसको सफ्टवेयरमा हाल्ने क्रम शुरु भएको छ । सबै जिल्लाले क्रियाशील सदस्यको सूची सफ्टवेयरमा इन्ट्री गर्न समय लाग्ने भएपछि कार्यतालिका हेरफेर गर्न लागिएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १२ चैत्र २०७७, १० : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै
रुपन्देही-३ मा काँग्रेसबाट उम्मेदवारको आकांक्षी देखिए पूर्वगर्भनर चिरञ्जीवी नेपाल
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै
कांग्रेसले बोलायो केन्द्रीय कार्य सम्पादन समिति बैठक
कारबाहीको सिफारिस भएकालाई कांग्रेसले सदस्यता नवीकरण खुला गर्ने
कांग्रेस शीर्ष नेताको बैठक स्थगित