काठमाडौं । बारम्बार हेरफेर हुदैं आएको नेपाली कांग्रेसको महाधिवेशन कार्यतालिका पुनः हेरफेर हुने भएको छ । पूर्व निर्धारित कार्यतालिका अनुसार काम सम्पन्न नभएपछि कार्यतालिका संशोधन गर्न कांग्रेस केन्द्रीय समितिको बैठक चैत २० गतेका लागि बोलाइएको छ ।
कांग्रेसको महाधिवेशन आगामि भदौ ७ गतेदेखि १० गतेसम्म काठमाडौंमा हुँदैछ । निर्धारिता कार्यतालिका अनुसार चैत १० गतेसम्म जिल्ला र क्षेत्रीय कार्यसमितिले नयाँ र नवीकरण भएका क्रियाशील सदस्यको सूची केन्द्रमा बुझाइसक्नुपर्ने थियो ।
हालसम्म ६९ जिल्लाबाट क्रियाशील सदस्यता कांग्रेसको सफ्टवेयरमा हाल्ने क्रम शुरु भएको छ । सबै जिल्लाले क्रियाशील सदस्यको सूची सफ्टवेयरमा इन्ट्री गर्न समय लाग्ने भएपछि कार्यतालिका हेरफेर गर्न लागिएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १२ चैत्र २०७७, १० : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
काँग्रेस सभापति थापा पोखरामा
देश विकासको भिजन समेटिएको घोषणा पत्र तयार हुँदैछ : कांग्रेस महामन्त्री
चुनावमै देखिएनन देउवा, खड्का र सिंह, कांग्रेसमा आफ्नै भित्र अन्तरघातको आशंका
सर्लाही-४ केन्द्रित अध्ययनका लागि विषयगत टोली गठन
काँग्रेस पूर्वसांसदहरू सर्वोच्च जाने कार्यक्रम किन भयो स्थगित ?