रौतहट । बसले मोटरसाइकललाई ठक्कर दिँदा रौतहटमा मोटरसाइकल चालकको मृत्यु भएको छ। दुर्घटनामा मोटरसाइकलको पछाडि बसेका एक जना गम्भीर घाइते भएका छन् ।
चन्द्रपुर नगरपालिका १ स्थित पूर्व पश्चिम राजमार्गमा ग १ ख ६४४७ नम्बरको बसले प्रदेश नं२–०३–०११ प ७८७९ को मोटरसाइकललाई ठक्कर दिँदा चालक चन्द्रपुर नगरपालिका १ बागमति डाँडाटोल बस्ने ३४ वर्षका कुमार लुङगेलीको मृत्यु भएको हो ।
मोटरसाइकलको पछाडि बसेका २७ वर्षका जयबहादुर दर्लामी घाइते भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १० चैत्र २०७७, ०९ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बर्दियामा ट्रकको ठक्करबाट सशस्त्र प्रहरीका सहायक हवल्दारको मृत्यु, जवान घाइते
जर्मनीमा कारले भीडलाई ठक्कर दिँदा दुईको मृत्यु, २२ घाइते
चितवनमा मोटरसाइकलको ठक्करबाट छोरीको मृत्यु, बुबा घाइते
कैलालीमा जिपको ठक्करबाट एकजनाको मृत्यु, तीन घाइते
बसले अटोरिक्सालाई ठक्कर दिँदा पतिपत्नीसहित ४ जनाको मृत्यु
मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु, तीन घाइते