भारतमा कोरोना संक्रमण बढेपछि भीडभाड हुने कार्य नगर्न सरकारको आह्वान

सफल खबर संवाददाता

आइतबार, ०८ चैत्र २०७७, १८ : ३०
भारतमा कोरोना संक्रमण बढेपछि भीडभाड हुने कार्य नगर्न सरकारको आह्वान

काठमाडौँ । भारतमा कोरोनाभाइरस संक्रमितको संख्या बढेपछि सरकारले नेपालमा पनि स्वास्थ्य सुरक्षा सतर्कता बढाउन आग्रह गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार सूचना जारी गदै सभा जुलुस गर्नमा रोक लगाएको हो । भारतमा कोरोनाभाइरस संक्रमण दर बढेपछि नेपालमा पनि संक्रमण फैलिने सक्ने भन्दै स्वास्थ्य मन्त्रालयले यस्तो निर्णय गरेको हो ।

छिमेकी देशमा जस्तै नेपालमा संक्रमण बढ्न सक्ने भन्दै सभा, जुलुस, र्‍याली, भेला, गोष्ठी, बैठक र भीडभाड हुने व्यवसाय र कार्य नगर्न र सामाजिक/भैतिक दूरी राख्नुका साथै मास्कको अनिवार्य प्रयोग गर्न मन्त्रालयले अनुरोध गरेको हो ।

प्रतिक्रिया दिनुहोस