काठमाडौं । चैत्र ७ गते मध्यपश्चिमाञ्चल विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट (मुसोम) र नेपाल उद्योग वाणिज्य महासङ्घ कर्णाली प्रदेशका बीच आर्थिक स्रोतको खोजी, व्यवस्थापन, सम्भाव्यताको पहिचान, लगानी तथा बजारीकरण गर्न सहयोग गर्नका लागी सम्झौता सम्पन्न भएको छ।
मुसोमको तर्फबाट निर्देशक डा. सुशिल कुमार शाही र नेपाल उद्योग वाणिज्य महासङ्घ कर्णाली प्रदेशका तर्फबाट अध्यक्ष श्री पदम बहादुर शाहीले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
सम्झौता हस्ताक्षर कार्यक्रममा विश्वविद्यालयका उपकुलपति प्रा. डा. नन्दबहादुर सिंह, रजिष्ट्रार प्रा। डा। नारायण प्रसाद पौडेल तथा अन्य सम्बन्धित व्यक्तित्वहरुको उपस्थिति रहेको थियो।
यस् सम्झौता पश्चात आर्थिक तथा शैक्षिक समुन्नतीका लागि विभिन्न १७ वटा बुदाँहरु सहित सहकार्य तथा समन्वय हुने छ भने सम्झौता अवधि ५ वर्षको रहने कुरा सम्झौता पत्रमा उल्लेख गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०८ चैत्र २०७७, १४ : १३
लेखकबाट थप