म मुलधारमा फर्के, गल्ती भए माफी पाउँ : कृष्णभक्त पोख्रेल

सफल खबर संवाददाता

शनिबार, ०७ चैत्र २०७७, १५ : १४
म मुलधारमा फर्के, गल्ती भए माफी पाउँ : कृष्णभक्त पोख्रेल

काठमाडौँ । नेकपा एमालेमा माधव नेपाल पक्षका नेता, चितवन क्षेत्र नं २ बाट निर्वाचित कृष्णभक्त पोख्रेलले आफू पार्टीको मुलधारमा फर्केको बताएका छन् ।

नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संसदीय दलको बैठकमा पुगेर उनले आफू मुलधारमा फर्केको बताएका हुन् । संसदको कानुन न्याय तथा मानवाधिकार समितिका सभापति  बालुवाटारमा बोलाएको बैठकमा नेपाल पक्षका कुनै पनि नेता सहभागी नहुने भनिए पनि पोख्रेल सुटुक्क बालुवाटार पुगेका थिए । 

बैठकमा सहभागि भएपछि उनले भने, ‘छुट्टै दलको बैठक या संसदीय दलको बैठकमा बस्नुपर्ने कुरा सकियो। अब म मुलधारमा लागे। कहीँ कतै गल्ती भए माफी पाउँ।’

पोखरेलले यो सरकारले पाँच वर्ष काम गर्नुपर्ने पनि बताए । ‘बेलायतमा पनि जोन मेजरलाई घेराबन्दी गरेर हटाउन खोजियो । तर, सबैले पछि उहाँलाई साथ दिएर अगाडि बढे र पाँच वर्ष सरकार चल्यो’, उनले भने ।

‘समृद्ध नेपाल, सुखी नेपाली’ ले बनाउने ओलीको अभियानलाई साथ दिने पनि पोखरेलले प्रतिबद्धता जनाए । अदालतको फैसलापछि आफू खुसी भएको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस