महान्यायाधीवक्तामा रमेश बडाल नियुक्त

सफल खबर संवाददाता

शुक्रबार, ०६ चैत्र २०७७, २१ : १२
महान्यायाधीवक्तामा रमेश बडाल नियुक्त

काठमाडौं । अधिवक्ता रमेश बडाल महान्यायाधीवक्तामा नियुक्त भएका छन । उनलाई सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले महान्यायाधीवक्तामा नियुक्त गरेकी हुन् ।  यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले महान्यायाधीवक्ता नियुक्तिमा उनको नाम सिफारिस गरेका थिए।

उनलाई नेपालको संविधान धारा १७५ उपधारा २ बमोजिम महान्यायाधीवक्तामा नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ। शुक्रबारै अग्नि खरेलले महान्यायाधीवक्ता पदमा राजीनामा दिएका थिए।  खरेलले शुक्रबार  पत्रकार सम्मेलन गरेर राजनीतिमा फर्किन आफूले महान्यायाधीवक्ताबाट  राजीनामा दिएको बताएका थिए।

‘तीन वर्षको राजनीतिक जीवनको विश्रामपछि मेरो अन्तस्करणले मलाई साविककै कामलाई निरन्तरता दिन उत्प्रेरित गर्‍यो। त्यही भूमिकामा क्रियाशील हुनुपर्ने दायित्वबोध पनि भयो’, उनले भनेका छन्,‘ सम्माननीय प्रधानमन्त्रीज्यूसँगको परामर्शमा नै मैले स्वेच्छापूर्वक यो जिम्मेवारीबाट बिदा लिएको हुँ।’

प्रतिक्रिया दिनुहोस