पार्टीलाई २ जेठ २०७५ मा फर्काउने र सबै कमिटी ब्युँताउने माधव नेपाल समूहको घोषणा

सफल खबर संवाददाता

विहीबार, ०५ चैत्र २०७७, १८ : ४०
पार्टीलाई २ जेठ २०७५ मा फर्काउने र सबै कमिटी ब्युँताउने माधव नेपाल समूहको घोषणा

काठमाडौं । नेकपा एमालेको माधव नेपाल समूहले पार्टीलाई २ जेठ २०७५ मा फर्काउने र सबै कमिटी ब्युँताउने माधव नेपाल समूहले घोषणा गरेको छ । माधव नेपाल समूहको दुई दिने कार्यकर्ता भेलाको निष्कर्ष सुनाउँदै नेता योगेश भट्टराईले सर्वोच्च अदालतको आदेशअनुसार पार्टीलाई पुरानै अवस्थामा फर्काउने बताए । 

अध्यक्ष केपी शर्मा ओलीले पार्टी विभाजन गर्न खोजेको भन्दै देशभरका ४ हजारभन्दा बढी नेता–कार्यकर्ताको दुई दिने भेला गरेको माधव समूहले १७ बुँदे प्रस्ताव पारित गरेको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई वाम एकतामा सहभागी हुन आह्वान गर्नेदेखि एमसीसी सम्झौतालाई देशको हितमा बनाउनुपर्ने सम्मका बुँदाहरु प्रस्तावमा छन् ।

भेलाले एमाले र माओवादी केन्द्रलाई २०७५ जेठ २ गतेको अवस्थामा फर्काउने सर्वोच्च अदालतको फैसलाप्रति असहमति जनाएको छ । अदालतले कानुनी नभई राजनीतिक फैसला गरेको ठहर भेलाले गरेको छ । सोही भेलाले प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वोच्च अदालतको फैसलाको भने स्वागत गरेको छ ।

पार्टीको धेरै कमिटीमा आफूहरुको नेतृत्व भएपनि केहीमा हारेको भन्दै उनले त्यस्ता कमिटीमा भएका आफ्नो पक्षका नेताकै संयोजकत्वमा कमिटी बनाउने निर्णय भएको छ ।  

प्रतिक्रिया दिनुहोस