खनाल–नेपाल पक्षले पनि बोलायो सांसदहरुको बैठक

सफल खबर संवाददाता

विहीबार, ०५ चैत्र २०७७, १० : १४
खनाल–नेपाल पक्षले पनि बोलायो सांसदहरुको बैठक

काठमाडौँ । नेकपा एमाले नेता झलनाथ खनाल तथा माधवकुमार नेपाल पक्षले बिहीबार ११ बजे आफू पक्षीय सांसदहरुको बैठक बोलाएको छ । कार्यकर्ता भेला भइहरेको स्थान ललितपुरको होटल हेरिटेजमा सांसदहरुको बैठक बोलाइएको नेपाल पक्षका नेता विष्णु रिजालले जानकारी दिए ।

एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोही समयमा बालुवाटारमा संसदीय दलको बैठक बोलाएका छन्। सोही समयमा यो समुहले पनि सांसदहरुको भेला बोलाएको हो । ओलीले संसदीय दलको बैठकबाट नेपाल पक्षलाई गुटगत भेलाको आरोप लगाउँदै कारवाही प्रक्रिया अघि बढाउने अनुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस