भरतपुर अस्पतालको दरबन्दीमा मन्त्रालयको रोक

सोमबार, १२ चैत्र २०७४, २० : ०३
भरतपुर अस्पतालको दरबन्दीमा मन्त्रालयको रोक

चितवन : भरतपुर अस्पतालको पदपूर्ति गर्न नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रोक लगाएको छ । मन्त्रालयले पत्र नै पठाएर पदपूर्ति रोक्न निर्देशन दिए पछि प्रकृया अन्यौलमा रहेको छ । अस्पतालले सोमबार भरतपुर अस्पताल परिसरमा पत्रकार सेम्मेलन आयोजना गरि सो कुरा बताएको हो ।
अस्पतालको सेवा संचालनका लागी अस्पतालको संचालक समितिको निर्णय अनुसार आवेदन खुल्ला गरिए पनि मन्त्रालयले त्यसमा रोक लगाएको हो । मन्त्रालयले हस्तक्षेप गरेपछि खुल्ला प्रतिष्पर्धाबाट गर्ने भनिएको पदपूर्तिको सबै प्रक्रिया रोकिएको छ ।

 

 


भरतपुर अस्पताल विकास समितिले अस्पतालमा ‘ईमरजेन्सी ल्याब ’ संचालनकागर्न सकेको छैन । मन्त्रालयका शाखा अधिकृत शम्भु कुमार कटुवालले परिक्षा सुरु हुनु एक दिन अगाढी पत्र पठाएर परिक्षा रोक्न निर्देशन दिएका थिए । एकै स्थानबाट सेवादिन ढिलो भएपछि सेवा विस्तार गर्ने योजनामन्त्रालयको हस्तक्षेपका कारण रोकिएको अध्यक्ष राजकुमार राजभण्डारीले बताए । संघीयतामा अधिकार विकेन्द्रीकृत भैरहेका बेलापुनःमन्त्रालय तहबाटै अधिकार खिचेर समस्यामा पार्ने काम भएको उनले बताए ।
कर्मचारीको अभावमा ल्याब संचालन नभएको अस्पतालले जनाएको छ । पदपूर्तिको प्रकृया रोक्न स्वास्थ्य मन्त्रालयले निर्देशन दिएपछि कर्मचारी नियुक्ति संगै सेवा संचालनमा समस्या देखिएको छ । कर्मचारी नियुक्ति प्रकृयामा नेकपा एमाले निकट विद्यार्थी संगठनले विरोध गरेको थियो । यसअघि सुरुवातमा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु चितवनले परिक्षा स्थगितन गरे ‘अस्पतालमा भौतिक, नैतिक र मानवीय क्षति हुन सक्ने’ चेतावनी दिएको अस्पतालले जनाएको छ । 


त्यस्तै भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रुद्र मरासनीले अस्पतालको विषयमा बाहिरा आएका कुरा सबै निराधार रहेको बताए । अस्पतालमा हुने नर्सिङ सेवा , उपकरणमा कमिश्न तथा स्वास्थ्य बिमाको बारेमा भ्रमक समचारहरु आएको बताए । उनले भने अस्पतालले हरेक काम आफ्नो परिधि भित्र रहेर गर्नुपर्ने भएकाले केहि काम भने अवरोध हुने गरेको छ ।  

प्रतिक्रिया दिनुहोस