काठमाडौं । सर्वोच्चले ‘स्टे अर्डर’ दिएको भएपनि बालाजु बाइपासको बाटो कालोपत्रे गर्ने कार्य भने रोकिएको छैन । बाइसधारादेखि बाइपाससम्मको करिब दुई सय मिटर कच्ची बाटो कालोपत्रे गर्न लागिएको हो। तर आफ्नो जग्गासमेत पर्ने गरी रातारात कालोपत्रे गर्न लागेपछि स्थानीयहरू आन्दोलित भएका छन् । ३९ घर भत्काइएको विवादित ठाउँसमेतमा कालोपत्रे गर्न लागेपछि आइतबार राति स्थानीयले विरोध जनाएका हुन्।
‘हिजो दिउँसो नै बाटोको धूलो सफा गरेर बेलुकीतिर कालोपत्रे गर्न लागेपछि हामीले विरोध गरेका हौं,’ स्थानीय महेश्वर मानन्धरले भने, ‘सर्वोच्चले नै रोकेको ठाउँमा बलजफ्ती प्रहरी परिचालन गरेर कालोपत्रे गर्नु ठीक होइन।’ ‘त्यहाँ कालोपत्र गर्नु तर विवादित क्षेत्रमा नगर्नु भन्दा पनि हामीलाई धकेल्दै काम अगाडि बढाए,’ उनले भने, ‘अहिले पनि त्यहाँ काम भइरहेकै छ।’
बालाजु बाइपासमा सरकारले सडक विस्तार गर्दा आफ्ना घर–जग्गा मिचेको भन्दै स्थानीयहरू सात वर्षदेखि आन्दोलित छन्। सडक बिस्तार गर्दा दुबैतर्फ ७–७ मिटर गर्न पर्नेमा एकातर्फ मात्रै डोजर चलाइयो।
सर्वोच्चले ‘स्टे अर्डर’ दिएको भए पनि ३९ परिवारले आफ्नो घर गुमाए। स्थानीयले जग्गा भोगचलन र तिरो तिरेको कागजपत्र देखाएर आफ्नो हकदाबी गर्दै आएका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०२ चैत्र २०७७, १५ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भरतपुरमा ८ वर्षमा १ हजार ६५ सय किलोमिटर सडक कालोपत्रे
दोर्दी केन्द्र जोड्ने सडक कालोपत्रे गर्न सुरू