सभामुख सापकोटाले बोलाए कार्यव्यवस्था परामर्श समिति बैठक

सफल खबर संवाददाता

सोमबार, ०२ चैत्र २०७७, ११ : ३७
सभामुख सापकोटाले बोलाए कार्यव्यवस्था परामर्श समिति बैठक

काठमाडौं । सभामुख अग्नि सापकोटाले दिउँसो २ बजे कार्यव्यवस्था समिति बैठक बोलाएका छन् । प्रतिनिधिसभा पुनर्स्थापनापछि पहिलोपटक परामर्श समितिको बैठक बस्दैछ ।

यसअघि, दुई पटक फागुन २३ गते र २६ गते प्रतिनिधिसभाको बैठक बस्दा कार्यव्यवस्था परामर्श समितिको बैठक बस्न सकेको थिएन ।

प्रतिनिधिसभाको अर्को बैठक चैत ३ गते बस्दैछ । अघिल्लो दिन सभामुख सापकोटाले प्रतिनिधिसभा बैठकको कार्यसूची तय गर्न कार्यव्यवस्था समितिको बैठक बोलाएका हुन् ।

आजको बैठकमा भने नेकपा एमाले, माओवादी केन्द्र, कांग्रेस र जसपाका प्रतिनिधिलाई बोलाइएको सभामुखको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस