काठमाडौं । माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आज पनि बस्दैछ । सर्वाेच्च अदालतले तीन वर्ष अगाडी एमालेसँग गरेको एकताप्रक्रियालाई नै बदर गरेर पूर्ववत पार्टीलाई ब्ँयूताईदिने निर्णयपछि माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक बसिरहेको हो ।
बैठक हिजोबाट पार्टी कार्यालय पेरिसडाँडामा शुरु भएको छ । श्रद्धान्जली, लगायतका ६ वटा एजेण्डामा रहेको शुरु भएको बैठकमा हिजो सात वटै प्रदेश, उपत्यका विशेष प्रदेश, सम्पर्क विशेष प्रदेश र प्रवासबाट नेताहरुले रिर्पोटिङ गरेका थिए ।
कुन प्रदेशमा कस्तो अवस्था छ, संगठनात्मक भनेर उनीहरुले रिर्पोटिङ गरेका थिए । स्थायी समिति सदस्य गणेश शाहका अनुसार, बैठकमा केही नेताहरु पूर्व पार्टी विभाजन पछि एमालेतिर लागेपनि कार्यकर्ता तहमा कोही पनि एमालेतिर नलागेको, पार्टीको संगठनात्मक क्षेत्रमा खासै क्षति नपुगेको रिर्पोटिङ प्रदेशका नेताहरुले राखेका थिए । बैठक आज पनि बस्नेछ । बिहान ११ बजेपछि पार्टी कार्यालय पेरिसडाँडामै बैठक बस्न लागेको केन्द्रीय सदस्य युवराज भट्टराईले जानकारी दिए ।
आजको बैठकमा अनुशासन शिर्षकको एजेण्डामा माओवादी धार छोडेर एमालेमा लागेका गृहमन्त्री रामबहादुर थापा सहितका मन्त्री तथा नेताहरुलाई पार्टी अनुशासन विपरित दल त्याग नगरी अन्य दलमा लागेको आधारमा कारवाही गर्ने तयारी छ ।
पार्टीले ति नेताहरुलाई मन्त्रीबाट फिर्ता बोलाउने देखि तपाईहरुको दल त्याग हो या के हो ? भनी प्रश्न सोध्यै २४ घण्टे स्पष्टिकरण सोध्ने निर्णय गरेको थियो । स्थायी समितिले नै गरेको यो निर्णयलाई अनुमोदन गर्दै केन्द्रीय समितिले पनि लिखित रुपमै स्पष्टिकरण सोध्ने निर्णय गरेको थियो ।
तर पनि ओलीतिर लागेका ति नेताहरुले कुनै जवाफ फर्काएका छैनन् । उनीहरुलाई दलको विधानको ब्यवस्था अनुसार कारवाही गर्ने तयारी माओवादी केन्द्रको छ । त्यस्तै बैठकमा केन्द्रीय सदस्यको संख्या दुई सयमा सिमित गर्ने समझदारी बनेको छ । तत्कालिन एमालेसँगको एकताका क्रममा निर्धारण भएको संख्यामै रहेर पार्टी केन्द्रीय समिति तय गरिएको छ । यस अगाडी माओवादी केन्द्रका झण्डै चार हजार माथीको केन्द्रीय समिति थियो । अब पार्टीको नाम, आगामी रणनीति लगायतका विषयमा पनि छलफल हुने देखिएको छ ।
वाम धुव्रिकरणलाई पनि उसले पार्टीको विविध शीर्षक अन्तर्गत रोखर छलफल गर्न लागेको छ । माओवादी केन्द्रले वाम धुव्रिकरणलाई पनि मध्यनजर गरेर पार्टीको नाम माओवादी केन्द्र नराखी नेपाली कम्युनिष्ट पार्टी, ऋषि कटटेलसँग एकता गरेर नेकपा, एकीकृत नेपाल कम्युनिष्ट पार्टी लगायतका नाम र विकल्पका विषयमा पनि पार्टीभित्र छलफल चलेको छ । यी विषयमा पनि केन्द्रीय समितिले कुनै न कुनै निर्णय लिने बताईएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०२ चैत्र २०७७, १० : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी केन्द्रको चार महिने नयाँ कार्ययोजना साउन १ गतेदेखि कार्यान्वयन हुने
माओवादीको प्रष्टीकरण-‘विद्यालाई नारायणकाजीले भेटेकोबारे पार्टीलाई जानकारी छैन’
कलाकार बाबा पाख्रिनसहित सयौँ जना माओवादीमा प्रवेश
माओवादीद्वारा विपद् व्यवस्थापनमा जुट्न चार बुँदे निर्देशन
‘निजामती विधेयक छेडखानीको नैतिक जिम्मा सभामुखले लिनुपर्छ’: माओवादी केन्द्र
सभापतिदेखि सबैमाथि छानबिन गरियोस् : हितराज पाण्डे