मेयर दाहालद्वारा एसइइ परिक्षाको अनुगमन

सोमबार, १२ चैत्र २०७४, १० : १७
मेयर दाहालद्वारा एसइइ परिक्षाको अनुगमन

चितवन । भरतपुर महानगरपालिका प्रमुख (मेयर) रेनु दाहाले सोमबार नारायणी उच्च मावि भरतपुरको अनुगमन गर्नुभएको छ । एसइइ परिक्षा २०७४ को आज तेस्रो दिन नारायणी उच्च मावि भरतपुरमा मेयर रेनु दाहाल, भरतपुर १० का वडा अध्यक्ष अरुपिडित भण्डारी तथा पत्रकारको टोलीले अनुगमन गरेको हो ।

विद्यालयमा परिक्षा शान्तिपुर्ण ढङगबाट अगाडी बढिरहेको विद्यायका प्रधानध्यापक पुर्ण प्रसाद दवाडी जानकारी गराउनुभयो । सो क्रममा मेयर दाहालले विद्यालयको शैक्षिक गतिविधीको बारेमा जिज्ञासा राख्नुभएको थियो । उहाँले नारायणी उच्च माविको शैक्षिक प्रगतिका लागि भरतपुर महानगरपालिका सकारात्मक रहेको बताउनुभयो ।

विद्यालयको स्तरउन्नतीको लागि भरतपुर महानगरपलिकाले गर्नु पर्ने सहयोगमा कमी हुन नदिने बताउनु भएको थियो । परिक्षाको तेस्रो दिन आज सोमबार गणित बिषयको परिक्षा भईरहेको छ । नारायणी उच्च माविमा यस बर्ष चितवन उच्च मावि भरतपुर , भरतपुर  मावि ,मोहन मावि ,लक्ष्मी मावि लङकु ,बलकुमारी कन्या मावि तथा जिल्ला भरका एसइइ पुरक परिक्षा दिने विद्यार्थी सहभागि छन् ।


 

प्रतिक्रिया दिनुहोस