ओली सरकारको विस्थापन माओवादीको मुख्य एजेन्डा

पत्रपत्रिकाबाट

सोमबार, ०२ चैत्र २०७७, ०७ : २२
ओली सरकारको विस्थापन माओवादीको मुख्य एजेन्डा

काठमाडौं । नेकपा माओवादी केन्द्रले केपी शर्मा ओली नेतृत्वको सरकार प्रतिगामी भएकाले विस्थापित गर्नुपर्ने निष्कर्ष निकालेको छ । माओवादीले ओली नेतृत्वको सरकार विस्थापित गरेर नयाँ सरकार बनाउन राजनीतिक दलहरुसँग परामर्श गर्ने निर्णय गरेको हो ।

माओवादीले संयुक्त सरकार गठन गरेर अगाडि बढ्नुको विकल्प नभएको बताउँदै प्रतिनिधिसभा विघटन गर्ने प्रतिगामी सरकार हटाउन पार्टीले भूमिका खेल्ने बताएको छ ।

बैठकले संविधान निर्माण भएदेखि नै नेपालको संविधान, गणतन्त्र, समावेशी समानुपातिक, धर्मनिरपेक्षता लगायतप्रति असन्तुष्ट विदेशी पक्षले खेलेका कारण नेकपा एकताले पूर्णता नपाउँदै विभाजन हुन पुगेको निष्कर्ष निकालेको छ । बैठकको शुरुमै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान राजनीतिक अवस्थाबारे आफ्नो धारणा राखेका थिए ।

माओवादी केन्द्रका केन्द्रीय सदस्य श्यामकुमार श्रेष्ठले पार्टीको पहिलो राजनीतिक कार्यभार केपी ओलीको सरकार ढालेर नयाँ सरकार बनाउनेतर्फ पार्टी लाग्नुपर्ने धारणा आएको बताए ।

सरकार गठनमा पार्टीले मात्र कोसिस गरेर नपुग्ने भएकाले प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस जनता समाजवादी पार्टीसँग सहकार्य गरेर अगाडि बढ्नुपर्नेमा जोड दिएको छ ।

बैठकमा ५ हजारभन्दा बढीको जम्बो केन्द्रीय कमिटी आवश्यक नरहेकोमा जोड दिँदै नेताहरुले नेताहरुले विधि, पद्धति पालना गर्ने पार्टी बनाउनुपर्ने सुझाव दिएका थिए । नेपाल समाचारपत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस