केन्द्रीय कमिटी बैठक सकिए लगत्तै माधव नेपाललाई भेट्न कोटेश्वर पुगे प्रचण्ड

सफल खबर संवाददाता

आइतबार, ०१ चैत्र २०७७, १७ : ४७
केन्द्रीय कमिटी बैठक सकिए लगत्तै माधव नेपाललाई भेट्न कोटेश्वर पुगे प्रचण्ड

file photo

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक सकिए लगत्तै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । नेता नेपाललाई भेट्नका लागि प्रचण्ड उनकै निवास कोटेश्वर स्थित निवासमै पुगेका छन् । 

प्रचण्ड र नेपालबीच अहिलेको समसायमयिक विषयमा छलफल भएको नेता नेपाल सचिवालयले जनाएको छ। 

नेकपाको एकता भंग भएपछि नेपाल समूह एमालेमा फर्किएको छ। एमाले अध्यक्षले एकलौटी निर्णय गर्न थालेपछि नेता नेपाल समूह कसरी प्रस्तुत हुने भन्नेमा केन्द्रित भइरहेको बेलामा प्रचण्डसँग भेट गर्नुलाई अर्थपूर्ण रुपमा लिन सकिन्छ। 

पार्टी कार्यालय पेरिसडाँडामा आज माओवादी केन्द्रीय कमिटी बैठक बसेको थियो। उक्त बैठकमा पार्टीको नाम, पार्टी छाडेर गएकाहरूसँग स्पष्टीकरण सोध्नेलगायत निर्णय भएको थियो। उक्त बैठक सकाएर अध्यक्ष प्रचण्ड सीधै नेपाल निवास कोटेश्वर पुगेका हुन्। 

प्रतिक्रिया दिनुहोस