घुस लिएको आरोपमा लेखा अधिकृत र इन्जिनियरविरुद्ध मुद्दा दायर

सफल खबर संवाददाता

शुक्रबार, २८ फागुन २०७७, १४ : १६
घुस लिएको आरोपमा लेखा अधिकृत र इन्जिनियरविरुद्ध मुद्दा दायर

काठमाडौं । घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धादिङको गंगाजमुना गाउँपालिकाका लेखा अधिकृत अर्जुनप्रसाद सापकोटा र इन्जिनियर पूजा कार्कीविरुद्ध विशेष अदालत काठमाडौंमा शुक्रबार मुद्दा दायर गरेको छ ।

बाटोको ट्रयाक खोल्न कार्य सम्पन्न पश्चात बिल भुक्तानी र प्राविधिक परीक्षण प्रतिवेदन तयार गर्ने क्रममा सेवाग्राहीसँग घुस लिएको आरोपमा अख्तियारले दुवैजनाविरुद्ध मुद्दा दायर गरेको हो ।

आयोगको टोलीले ९५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा इन्जिनियर कार्कीलाई नियन्त्रणमा लिएको थियो ।अनुसन्धानको क्रममा लेखा अधिकृत सापकोटाले सेवाग्राहीसँग घुस लिन इन्जिनियर कार्कीलाई निर्देशन दिएको पाइएपछि उनीविरुद्द्ध पनि मुद्दा दायर गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस