ब्राजिलमा कोरोना महामारीले एकैदिन लियो २ हजार भन्दा बढीको ज्यान

एजेन्सी

विहीबार, २७ फागुन २०७७, ०९ : २२
ब्राजिलमा कोरोना महामारीले एकैदिन लियो २ हजार भन्दा बढीको ज्यान

एजेन्सी । ब्राजिलमा कोरोना भाइरसको महामारीका कारण एकै दिन दुई हजार भन्दा धेरैको कोरोना कारण ज्यान गएको छ । कोरोना महामारी सुरु भएयता पहिलोपटक ब्राजिलमा एकै दिन यति धेरै मानिसको मृत्यु भएको हो । 

ब्राजिलमा बुधबार एकै दिन कोभिड–१९ का कारण २२ सय ८६ जनाको ज्यान गएको छ । विश्वमै धेरै व्यक्तिको ज्यान जाने देशको सूचिमा दोस्रो स्थानमा रहेको ब्राजिलमा अहिलेसम्म दुई लाख ६८ हजार तीन सय भन्दा धेरैको ज्यान गएको छ । अति संक्रामक नयाँ भेरियन्टका कारण संक्रमणदर तीव्र हुँदा अवस्था थप भयावह भएको हो ।

महामारी नियन्त्रणका लागि गरेको प्रयास कमजोर भएको भन्दै राष्ट्रपति जायर बोल्सोनारोको तीव्र आलोचना हुँदै आएको छ । ब्राजिलमा अहिलेसम्म एक करोड १२ लाख दुई हजार भन्दा धेरै संक्रमित भएका छन् ।

प्रतिक्रिया दिनुहोस