संघीय सांसद केसीको निधनप्रति शोक प्रस्ताव पारित

सफल खबर संवाददाता

बुधबार, २६ फागुन २०७७, १३ : २०
संघीय सांसद केसीको निधनप्रति शोक प्रस्ताव पारित

काठमाडौं । संघीय संसद प्रतिनिधि सभा अन्र्तगतको महिला तथा सामाजिक समितिले प्रतिनिधि सभा सदस्य स्वर्गिय सुर्यबहादुर केसीको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । 

बुधबार सिंहदरबारस्थित समितिको हलमा बसेको महिला तथा सामाजिक समितीको बैठकले समितिको सदस्यको रुपमा रहनुभएका प्रतिनिधि सभा सदस्य स्वर्गिय सुर्यबहादुर केसीको निधनप्रति शोक प्रकट गर्दै श्रद्धाञ्जली व्यक्त गरेको छ ।

समितिको बैठकले सर्वसम्मत रुपमा शोक प्रस्ताव पारित गरेको सभापति निरु देवी पालले घोषणा गरे ।समितिको उक्त बैठकमा स्वर्गिय केसीको छोरा र स्वकिय सचिवको समेत उपस्थिति रहेको थियो ।

कास्की जिल्लाको पोखरा लेखनाथ महानगरपालिका वडा नं. १४ को स्थायी निवासी स्व. केसीको ६३ वर्षको उमेरमा २०७७ साल कार्तिक १७ गते निधन भएको थियो ।

उहाँ नेपाली कांग्रेस पार्टीबाट समानुपातिक सदस्यमा निर्वाचित हुनुभएको थियो भने महिला तथा सामाजिक समितिको सदस्य हुनुहुन्थ्यो ।प्रतिनिधि सभा पुर्नस्थापना भएसँगै संघीय संसदका विभिन्न समितीहरुले आफ्ना कामहरु शुरु गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस