धर्म र राजनीतिको मन्त्र सेवा नै हो : अध्यक्ष दाहाल

आइतबार, ११ चैत्र २०७४, १२ : ५०

पुर्व प्रधानमन्त्री पुष्पकमल दाहालले श्रीकृष्ण प्रणामी मन्दिर धर्मधाम जिरौनाको अवलोकन गर्नु भएको छ । ६ करोडको लागतमा बनेको मन्दिरको सहयोगार्थ आयोजित सप्ताहको आज समापन समारोहलाई सम्बोधन गर्न प्रचण्ड चितवन आउनु भएको हो । स्वर्ण महोत्सवको अवसरमा मन्दिरको नव निमिर्त भवनको राष्ट्रपति विद्या देवि भण्डारीले उद्घाटन गर्नु भएको थियो ।


कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले कम्युनिस्टले सबै धर्मलाई सम्मान गर्ने गरेको बताउनुभयो । कम्युनिष्टले धर्मलाई सम्मान गर्दैनन् भन्ने भ्रम फैलाईने गरिएको भए पनि कम्युनिष्टले धर्म  प्रति उच्च सम्मान गर्ने गरेको उहाँले बताउनुभयो । प्रचण्डले भन्नुभयो, ‘धर्मले पनि सेवा गर्ने मन्त्र लिएको हुन्छ, राजनीतिको मन्त्र पनि त्यही हो ।  त्यसैले धर्म नमान्ने पार्टी हुँदैन ।’ 

 

प्रतिक्रिया दिनुहोस