वैदेशिक यात्राका लागि खोपलाई अनिवार्य गर्न हुदैन : डब्लुएचओ

एजेन्सी

मंगलबार, २५ फागुन २०७७, १३ : १९
वैदेशिक यात्राका लागि खोपलाई अनिवार्य गर्न हुदैन : डब्लुएचओ

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले अन्तर्राष्ट्रिय (विदेश) यात्राका लागि खोपलाई अनिवार्य गर्न नहुने जनाएको छ ।

संगठनका एक अधिकारी डा. माइकल रियानले सबै देशमा खोप पुगिनसकेको र समान रुपमा वितरण समेत नभइसकेको अवस्थामा अन्तर्राष्ट्रिय यात्रामा खोपलाई अनिवार्य गर्न नहुने बताए । संगठनले यस्तो गर्नु अव्यवहारिक हुने जनाएको छ ।

कुन खोपले कति समयसम्म काम गर्छ भन्ने विषयमा पुष्टि नभइसकेको र अध्ययनको क्रममा रहेको डा. रियानले बताए । यस्तो अवस्थामा खोप लगाएको व्यक्तिलाई सुरक्षित मान्ने वा नमान्ने भन्ने प्रश्न उब्जिएको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस