अदालत पुगिन् कोमल वली

सफल खबर संवाददाता

मंगलबार, २५ फागुन २०७७, ११ : ५८
अदालत पुगिन् कोमल वली

काठमाडौं । एमाले नेता रघुजी पन्त विरुद्ध मुद्दा हाल्न राष्ट्रिय सभाकी सांसद कोमल वली आज अदालत पुगेकी छन्।

गालीबेइज्जतीको मुद्दा दिन आफू काठमाडौं जिल्ला अदालत पुगेको वलीले  बताइन् । निवर्तमान नेकपाका स्थायी समित सदस्य रघुजी पन्तले लामो समयदेखि पार्टीमा योगदान दिएका नेतृहरुले राष्ट्रियसभा सदस्य र केन्द्रीय सदस्य नपाएको तर वलीले साडी सारेर पिडुँला देखाउँदै पोइल जान पाम भनेर सांसद बनेको अभिव्यक्ति दिएका थिए।

गायिकासमेत रहेकी वलीले आफूले नेता मानेका पन्तले निच अभिव्यक्ति दिएकाले अदालत जाने बताएकी थिइन्।

प्रतिक्रिया दिनुहोस