मोरङमा सवारीसाधन दुर्घटना, दुईजनाको मृत्यु

सफल खबर संवाददाता

आइतबार, २३ फागुन २०७७, ११ : ३७
मोरङमा सवारीसाधन दुर्घटना, दुईजनाको मृत्यु

काठमाडौं । मोरङको सुन्दरहरैचा नगरपालिका–७ गोठगााउँमा माईक्रो र मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको छ । आइतबार राति पौने एक बजे पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश २, ०२–००१ प ३८७८ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको बा४ख ६९६ नम्बरको हाइस माइक्रो आपसमा ठोक्किएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते दुई जनाको उपचारको क्रममा कोशी अस्पतालमा राति पौने २ बजे मृत्यु भएको हो । मृतकको सनाखत हुन बाँकी रहेको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।

दुर्घटनामा माइक्रो चालक र परिचालक भने घाइते भएका छन् । उनीहरु दुवैको कोशी अस्पतालमै उपचार भइरहेको जनाइएको छ । माइक्रो चालकले मदिरा पिएर सवारी साधन चलाएको पाइएको प्रहरीले प्रारम्भिक अनुसन्धानका आधारमा जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस