प्रधानमन्त्री ओलीले लगाए खोप

सफल खबर संवाददाता

आइतबार, २३ फागुन २०७७, १० : ५०
प्रधानमन्त्री ओलीले लगाए खोप

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्। शिक्षण अस्पताल महाराजगञ्ज पुगेर प्रधानमन्त्री ओलीले खोप लगाएका हुन्।खोप लगाएपछि प्रधानमन्त्री ओली अहिले आराम गरिरहेका छन्।

यसअघि गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले पनि आइतबार कोरोनाभाइरस विरुद्धको खोप लगाएका छन् । गृहमन्त्रीले बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा पुगेर कोरोनाविरुद्धको कोभिशिल्ड लगाएका हुन् । 

सरकारले आइतबारदेखि नै दोस्रो चरणको खोप अभियानअन्तर्गत ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई खोप सञ्चालन समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस