काठमाडौँ । धनगढी अत्तरिया सडकमा पर्ने आलोक मल्टी कन्सर्न प्रालिको स्वरुममा भीषण आगलागी भएको छ। शनिबार दिउँसो १२ बजेतिर धनगढीमा रहेको एक फर्निचर स्वरुममा आगलागी भएको छ। अहिलेसम्म आगो नियन्त्रणमा आउन सकेको छैन।
धनगढीको आयल निगमको मुख्य डिपो नजिकै रहेको फर्निचर स्वरुममा आगलागी भएपछि स्थानीय बासिन्दा त्रसित भएका छन्। उक्त आगलागी भएको स्थानबाट नेपाल आयल निगमको डिपो करिब १० मिटरको दूरीमा रहेको छ।
आगलागीको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ। आगलागीबारे खबर गरेको लगभग १ घण्टापछि मात्रै दमकल पुगेका स्थानीय बासिन्दाले बताएका छन्।
गोदावरी नगरपालिका र धनगढी उपमहानगरपालिकाका दमकल अहिले आगो नियन्त्रणमा लागेका छन्। उक्त फर्निचर उद्योगमा लगभग ५ करोडको सामान रहेको आलोक मल्टी कन्सर्न प्रालिले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २२ फागुन २०७७, १३ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आगलागीमा एक जनाको मृत्यु
जनकपुर रिफाइनरीमा आगलागी, पन्ध्र करोड बराबरको क्षति
एक वर्षमा सात हजार ६४८ विपद्का घटनाः सबैभन्दा बढी आगलागी
चैनपुरमा आगलागी, पन्ध्र लाखको क्षति
देशभर विपद्का २४ घटना, सबैभन्दा बढी आगलागी
असावधानीका कारण आगलागीका घटनामा वृद्धि