बुटवल । रुपन्देही मोतीपुर औद्योगिक क्षेत्रको शिलान्यास गर्न पुगेका अर्थमन्त्री विष्णु पौडेलको गाडीमा ढुंगा प्रहार भएको छ। कार्यक्रम स्थलमा स्थानीयले विहानैदेखि विरोध प्रदर्शन गरिरहेका छन्। प्रदर्शन अहिले पनि जारी छ। कार्यक्रम स्थलमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ।
स्थानीयको विरोधका बीच अर्थमन्त्री पौडेलले औद्यागिक क्षेत्र शिलान्यास गरेका छन्।
यसअघि बिहीबार औद्योगिक क्षेत्रको शिलान्यासका लागि तयार पारेको मञ्च स्थानीय असन्तुष्ट पक्षले भत्काएका थिए। आफूहरूको जग्गामा औद्योगिक करिडोर बनाउन लागेको भन्दै स्थानीय असन्तुष्ट छन्।
औद्योगिक क्षेत्र बनाउनुअघि स्थानीयको समस्या समाधान गर्न उनीहरुले माग गर्दै आएका थिए। उनीहरूले बस्ती र जोतभोगको जग्गा उपलब्ध गराएर बाँकी रहेको जग्गामा मात्र औद्योगिक क्षेत्र स्थापना गर्न माग गर्दै आएका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २१ फागुन २०७७, १४ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
धितोपत्र बोर्डको काममा गुणात्मक सुधार चाहेका छौं : अर्थमन्त्री पौडेल
विनियोजन र खर्चबीचको खाडल पुर्न चाहन्छु : अर्थमन्त्री पौडेल
अर्थमन्त्री पौडेल र मेयर आचार्यको स्वास्थ्य सुधारोन्मुख