मोरङमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

सफल खबर संवाददाता

विहीबार, २० फागुन २०७७, १२ : ५९
मोरङमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

मोरङ  । मोरङमा मोटरसाईकल अनियन्त्रित भएर दुर्घटना हुदा एकजनाको मृत्यु भएको छ ।  सुन्दरहरैंचा नगरपालिकामा भएको सडक दुर्घटनामा मोटरसाइकलमा पछाडी सवार एकजनाएक युवकको मृत्यु भएको हो ।

प्रदेश नं १ प्रहरी कार्यालयका अनुसार बुधबार राती झण्डै ९ बजे मोटरसाईकल अनियन्त्रित भएर दुर्घटना भएको हो। दुर्घटनामा २० वर्षका अजित चौधरीको मृत्यु भएको हो। प्र. १–०२–०४२ प ६३९२ नम्बरको मोटरसाईकल दुर्घटनामा हुँदा गम्भीर घाइते भएका चौधरीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

सुन्दरहरैंचा नगरपालिका – ३ का स्थानीय बासिन्दा चौधरी मोटरसाईकलको पछाडि बसेका थिए। मोटरसाईकल चालक ३१ वर्षीय देवकुमार चौधरी सामान्य घाइते भएका छन्।

प्रहरी नायब उपरीक्षक विपिन रेग्मीका अनुसार घटना भएपछि दुवैलाई उपचारका लागि विराटनगरस्थित नोबेल शिक्षण अस्पताल लगिएको थियो।

चौधरीको उपचारका क्रममा बिहीबार ५ बजे मृत्यु भएको हो। प्रहरीले मोटरसाईकल र चालक देवकुमार चौधरीलाई आवश्यक अनुसन्धानका लागि प्रहरी नियन्त्रण राखेको जनाएको छ।