यस्तो ठाउँ जहाँका महिला जीवनभर मात्र एकपटक नुहाउँछन्

एजेन्सी

मंगलबार, १८ फागुन २०७७, ११ : ५३
यस्तो ठाउँ जहाँका महिला जीवनभर मात्र एकपटक नुहाउँछन्

एजेन्सी ।  अफ्रिकाको उत्तरपूर्वी नामिबियास्थित कुनेन प्रान्तमा बस्ने हिम्बा जनजातीका महिलाहरु आफ्नो जिवन पर्यन्तसम्म मात्रै एकपटक नुहाउने गर्दछन् । त्यो पनि आफ्नो विवाह हुने बेलामा ।

उक्त समुदायका महिलालाई पानीको प्रयोग गर्न निषेध छ । साथै उनीहरुले आफ्नो कपडा धुन पनि पाउँदैनन् । त्यहाँका महिलाको शरीरको छालाको रंग पनि रातो हुन्छ ।

हिम्बा जनजातीका महिलाहरु नुहाउनुको साटो शरीरबाट दुर्गन्ध नआओस् भनेर विशेष प्रकारका जाडिबुटीहरुलाई पानीमा उमालेर त्यसबाट आउने वाफले आफ्नो शरीरलाई फ्रेस राख्ने गर्दछन् । त्यसै कारणले कहिल्यै ननुहाउँदा पनि उनीहरुको शरीर दुर्गन्धित भने हुँदैन ।

प्राय जिउ नांगो राख्ने यस समुदयाका महिलाहरु आफ्नो छालालाई घामबाट बचाउनका लागि विशेष खालको लोसन लगाउने गर्दछन् ।

त्यो लोसन जनावरको बोसो र हेमाटाइट नामक खनिजको धुलोलाई एकसाथ मिलाएर तयार पारिन्छ । हेमाटाइटका कारण छालाको रंग रातो हुने गर्दछ ।

लेपनले उनीहरुको ज्यानलाई किराहरुले टोक्नबाट जोगाउने गर्दछ । पुरुषहरुबाट अलग देखिनलाई पनि त्यस समुदायका महिलाहरु शरीरमा रातो रंग लगाउँने गर्दछन् ।

प्रतिक्रिया दिनुहोस