काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दाहाल– नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपाको वैधानिकता र चिन्ह आफूहरुले पाउने दाबी गर्नुभएको छ ।
उहाँले भन्नुभयो, “त्यसको आधिकारिक घोषणा हुन मात्रै बाँकी छ ।” नेकपा निकट पेसागत महासङ्घ नेपाल र नेपाल राष्ट्रिय कर्मचारी महासङ्घको एकता घोषणासभालाई आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “कोही भ्रममा पर्नुपर्दैन । नेकपा र सूर्य चिन्ह हाम्रै हो, घोषणा हुन मात्र बाँकी छ ।”
निर्वाचन आयोगको सेटिङ भत्किँदै गएको दाबी गर्दै उहाँले आयोगले केही दिनमै बहुमतले गरेको निर्णयलाई आधिकारिकता दिने विश्वास व्यक्त गर्नुभयो ।
अध्यक्ष दाहालले भन्नुभयो, “अब छिट्टै नयाँ सरकार बन्छ र त्यस सरकारले लोकतान्त्रिक व्यवस्था अनुसारको सुशासन दिनेछ ।”
उहाँले पार्टीका स्थायी कमिटी र केन्द्रीय कमिटीको निर्णयलाई नमान्ने र आफू सर्वेसर्वा भएको घमण्ड गर्दै ओलीले लोकतान्त्रिक मूल्य र मान्यतालाई लत्याएको आरोप लगाउनुभयो ।
उहाँले पार्टीभन्दा बाहिर रहेका नेता तथा कार्यकर्तालाई मूल पार्टीमा फर्कन आग्रह गर्नुभयो । अध्यक्ष दाहालले नेकपाको मूल पार्टीको मान्यता र निर्वाचन चिन्ह आफूहरुले नै पाउने र त्यसको घोषणा हुन मात्रै बाँकी रहेको दाबी गर्नुभयो । उहाँले अब केही दिनमै दलबीच एउटा समझदारी बन्ने र मुलुकले निकास पाउने भन्दै जनताको आशा भरोसालाई माथि उठाउनुपर्नेमा जोड दिनुभयो । पेसागत महासङ्घ र नेपाल राष्ट्रिय कर्मचारी महासङ्घको एकताको घोषणा गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, १७ फागुन २०७७, २० : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वामपन्थी एकता आवश्यक छ: प्रचण्ड
‘निर्वाचन सम्मुखमा छ, शान्तिपूर्ण वातावरणमा होली मनाऔँ’ : ‘प्रचण्ड’
निष्पक्ष र शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्न ‘प्रचण्ड’को अपिल
जेनजेडले भने जस्तै भ्रष्टाचारविरुद्ध संविधान परिमार्जन गर्ने कुरामा प्रतिबद्ध छौ : प्रचण्ड
अहिलेको निर्वाचन विशेष परिस्थितिमा भएकाले सामान्य तरिकाबाट लिन हुदैँन : प्रचण्ड
रोल्पाबाट प्रचण्डले चुनावी अपिलसहित सार्वजनिक सम्बोधन गर्ने