भारतीय प्रधानमन्त्री मोदीले लगाए कोरोना विरुद्धको खोप

एजेन्सी

सोमबार, १७ फागुन २०७७, ०८ : ४७
भारतीय प्रधानमन्त्री मोदीले लगाए कोरोना विरुद्धको खोप

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनाभाइरसविरूद्धको खोप लगाएका छन् । सोमबार बिहान दिल्लीको एम्स अस्पतालमा उनले कोरोना विरुद्धको खोप लिएका हुन् ।  मोदीले सामाजिक सञ्जाल ट्वीटरबाट यसले जानकारी गराएका हुन् । 

उनले आफूले खोप लगाएपछि  सबैलाई खोप लगाउन आग्रह गरेका छन्।  भारतमा आजदेखि ६० वर्षमाथिका नागरिकका लागि खोप लगाउन सुरू गरिएको छ ।

भारतमा अक्सफोर्ड विश्वविद्यालय  र अष्ट्राजेनेकाले विकास गरेको खोप उत्पादन भइरहेको छ। सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको खोप नेपालमा पनि ल्याइएको छ। 

प्रतिक्रिया दिनुहोस