चितवन । चितवन माडीको एक घरमा अचानक लाइटर पड्कदा आगलागी भएको छ । माडी नगरपालिमा–७ देवेन्द्रपुरस्थित शिवालय मन्दिर अगाडिको घरमा आज आगलागी हुँदा जलेर नष्ट भएको हो ।
स्थानीय टोकप्रसाद गौडेलको घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिनुभयो । घरमा राखेको लाइटर अचानक पड्केर आगलागी भएको उहाँले बताउनुभयो । गौडेलको ढुङ्गा माटोले निर्माण गरिएको टिनले छाएको दुईतले घरमा आगलागी भएको हो ।
आगलागीबाट मानवीय क्षति भएको छैन । एउटा बाख्रा जलेर मरेको थापाले जानकारी दिए । आगलागीबाट खाद्यान्न, लत्ताकपडा नष्ट हुँदा करिब १० लाख बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ । माडी नगरपालिकाको दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा ल्याइएको छ । गर्मी मौसमको शरुआत आगलागीका घटना बढ्ने भन्दै प्रज्वलनशील वस्तुको प्रयोगमा सर्तकता अपनाउन माडी नगरपालिकाले नगरवासीमा अनुरोध गरेको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, १६ फागुन २०७७, १७ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रौतहटमा गुडिरहेको यात्रुवाहक बसमा आगलागी
भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु
जुत्ता-चप्पल गोदाममा आगलागी, ७० लाखको क्षति
टिपरमा एकाएक आगलागी
फ्रान्सको जंगलमा भीषण आगलागी, महिलाको मृत्यु
चार महिनामा एक हजार बढी आगलागीका घटना