हेटौँडा । हेटौँडा खानेपानी व्यवस्थापन बोर्डले आफ्नो उत्पादनलाई वृद्धि गरी दैनिक एक करोड ७१ लाख ५० हजार लिटर पु¥याएको छ । बोर्डले पछिल्लो समय दैनिक २७ लाख लिटर पानी वितरण गर्न मिल्ने समवेल समेत शुभारम्भ गरेको छ ।
मकवानपुरको भीमफेदी गाउँपालिकास्थित रामरीमा रहेको नेपाली सेनाको मध्यपृतना, हेडक्वाटरको जग्गामा रु एक करोड २५ लाख लगानीमा समवेल निर्माण गरिएको बोर्डका अध्यक्ष प्रताप विष्टले जानकारी दिए ।
बोर्डले हेटौँडा उपमहानगरपालिकाअन्तर्गत आठ वडाका सबै भू–भाग र वडा नं १, १४, १५, १६, १७ र १९ का केही भू–भागमा बसोबास गर्ने १८ हजार ६०० घरधुरीका एक लाख ३५ हजार नगरवासीलाई बिहान साँझ गरी दैनिक सरदर छदेखि सात घण्टा पानी वितरण गरिरहेको छ ।
उनले अठार हजार ५०० धाराबाट दैनिक एक करोड ४१ लाख ५० हजार लिटर खानेपानी उत्पादन गरी वितरण गर्दै आइरहेकामा २७ लाख लिटर थपिएको बताए । सेनाले आफ्नो जग्गामा खानेपानीको समवेल निर्माण गर्न दिएर नागरिकमा गुन लगाएको उनले बताए ।
मध्यपृतनापति उपरथी अशोकराज सिग्देल क्षेत्रीले सेनाको जग्गा आम नेपालीको जग्गा भएकोले खानेपानीको समवेल निर्माणका लागि जग्गा उपलब्ध गराएको जानकारी दिए। समवेलको निर्माणपछि आफ्ना तीन हजार सेनाका जवानलेसमेत पानी खान पाएको उनको भनाइ थियो ।
बोर्डका कार्यकारी प्रमुख सुदर्शन ढकालले उपमहानगरको खानेपानीको मागलाई सम्बोधन गर्ने जानकारी दिए । उनका अनुसार पछिल्ला केही वर्षदेखि उपमहानगरमा खानेपानीको समस्या छैन । बजार विस्तार हुनेक्रमअनुसार दैनिक तीनदेखि पाँच वटासम्म नयाँ धारा जडान गर्नुपर्ने भएका कारण खानेपानी वितरणको क्षमतालाई वृद्धि गर्नुपर्ने भएको हो । “
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, १६ फागुन २०७७, १२ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सीमा क्षेत्रमा ध्यान नदिँदा कोरोना संक्रमण समुदायमा फैलियो : मुख्यमन्त्री राउत
त्रिशूलीमा बन्दै गरेको पुल भत्कियो
बालबालिकाको पठनपाठनको वैकल्पिक व्यवस्था गर्न सरकारलाई आग्रह
दैलेखमा बस दुर्घटना, ७ जना गम्भीर घाइते
भूमिहिनहरुको विवरण सङ्कलन गर्दा राजनीतिक भेदभाव नगर्न मन्त्री तुम्बाहाङ्फेको निर्देशन
चुरे क्षेत्रमा पिउने पानीको समस्या