बनेपा । आँखामा लाग्ने रोगका विषयमा सचेतना जगाउने ध्येयले महिला स्वास्थ्य स्वयंसेविकालाई प्रशिक्षण दिइएको छ । नमोबुद्ध नगरपालिका र रेयुकाइ एईको मासुनागा आँखा अस्पतालद्वारा संयुक्त रुपमा आयोजित तालीमको शुभारम्भ गर्दै नगर प्रमुख टङ्कप्रसाद तिमल्सिनाले नगरपालिकालाई मोतियाविन्दु मुक्त नगर बनाउने अभियान सञ्चालनमा रहेको जानकारी दिए । उनले नगरपालिकाले उपलब्ध गराएको मोबाइल फोन प्रयोग गरेर गाउँघरमा भएका स्वास्थ्य समस्याबारे सूचना उपलब्ध गराउन स्वयंसेविकालाई आग्रह गरे ।
नगरपालिकाले रेयुकाई आँखा अस्पतालसँग सहकार्य गरी आँखा शिविर सञ्चालन गरिरहेको छ । आँखा अस्पतालका सचिव धर्मभक्त प्रधानले कोही पनि अन्धोपनको शिकार बन्न नपरोस् भन्ने उद्देश्यले अस्पताल स्थापना गरिएको बताए । कार्यक्रममा प्रमुख प्रशिक्षक विमल पौडेलले सामान्य लापर्वाहीले पनि अन्धोपनको समस्या
तालीममा नगरपालिकाका विभिन्न वडाका ३६ महिला स्वास्थ्य स्वयंसेविकाको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, १६ फागुन २०७७, १२ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यती एअरलाइन्सद्वारा स्वास्थ्य मापदण्डमा कडाइ
जनस्वास्थ्यका सुरक्षात्मक उपाय कडाइका साथ पालना गर्न राष्ट्रपतिबाट आह्वान
कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठक शनिबार बस्दै
शिक्षण अस्पताल कोहलपुरमा कोभिड वार्ड सञ्चालन
कोरोनाको दोस्रो डोज खोप वैशाख ७ देखि
चितवनको एक सरकारी अस्पतालमा अनलाइनबाट ओपिडी टिकट