त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा संवेदनशीलतालाई बेवास्ता गर्दै सरकारले सिनामंगलस्थित नेपाल नागरिक उड्ययन प्राधिकरणका कनाममा रहेको करिब ९१ रोपनी जग्गा ३० वर्षका लागि व्यापारीलाई भाडामा दिने तयारी भएको खबर कान्तिपुर दैनिकले छापेको छ ।
विमानस्थल सुरक्षालाई ख्याल गर्दै पञ्चालयतकालमा सर्वसाधारणबाट समेत अधिग्रहण गरिएको करिब १५ रोपनीसहित ९१ रोपनी ६ आना २ दाम जग्गा होटल खोल्न व्यापारीलाई दन लागिएको हो ।
भाडामा दिन विमानस्थलको बाहिरी सुरक्षाका लागि २०६४ फागुनबाट उक्त जग्गामा बस्दै आएको सशस्त्र प्रहरी बल विपत् उद्दार गणलाई हटाउन लागिएको छ । प्राधिकरणका महानिर्देशक राजन पोखरेलले उक्त जग्गा ३० वर्षका लागि निजी क्षेत्रलाई होटल खोल्न दिन लागिएको स्वीकारे ।
सुरक्षाविज्ञले भने प्राधिकरणको यो तयारीप्रति आपत्ति जनाएका छन् । समाचारमा यसरी होटल खोल्दा अन्तर्राष्ट्रिय विमानस्थल कालोसूचीमा पर्ने सक्ने उल्लेख गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, १६ फागुन २०७७, ०७ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१ किलो सुनसहित भारतीय नागरिक पक्राउ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सरसफाइकर्मीको आन्दोलन, फोहरका थुप्रोले यात्रु हैरान
न्यून ‘भिजिबिलिटी’का कारण एक सातादेखि उडान प्रभावित
आजदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १६ घण्टा सञ्चालनमा आउने
त्रिभुवन विमानस्थल अब ८ घण्टामात्र बन्द हुने
त्रिभुवन विमानस्थलमा अतिरिक्त भत्ता दिएर कर्मचारी खटाइने