माडीमा पशु स्वास्थ्य शिविर

शुक्रबार, ०९ चैत्र २०७४, १८ : २५
माडीमा पशु स्वास्थ्य शिविर

भरतपुर । माडीमा एक दिने निःशुल्क पशु स्वास्थ्य शिविर गरिएको छ । राष्ट्रिय गाइ अनुसन्धान कार्यक्रम रामपुरको आयोजनामा माडीमा भएको पशु स्वास्थ्य शिविरमा १ सय ६५ वटा गाईभैसी तथा बाख्राको परीक्षण गरिएको छ । चुरे अगुवा दुग्ध उत्पादक कृषक समूहको सक्रियतामा सो शिविर गरिएको हो ।

समूहका अध्यक्ष गंगादत्त बस्ताकोटीले गाउँघरमै गरिएको शिविरबाट किसान लाभान्वित भएको बताए । शिविर उद्घाटन कार्यक्रममा माडी नगरपालिकाका मेयर ठाकुरप्रसाद ढकाल, माडी–२ का वडाध्यक्ष इश्वरीप्रसाद ढकाल, पशु चिकित्सक रविन बस्ताकोटी, नार्क वैज्ञानिक डा. अजय कुमार साह, पशुपंक्षी शाखा माडीका प्रमुख गोपाल अधिकारी, प्रकृति संरक्षण कोषका अमिर सडौला, कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका उपप्रध्यापक गोकर्ण गौतम लगायतले मन्तव्य राखेका थिए ।
अल्ट्रासाण्उण्ड मेसीनद्वारा पशुको पाठेघरको समेत परीक्षण गरिएको थियो । बेलैमा रोग पहिचान गर्न शिविरले सघाएको बस्ताकोटीले बताए ।

प्रतिक्रिया दिनुहोस