चलचित्रकर्मी भुवन केसीको प्रतिक्रिया : संविधानमाथि खेलाँची गर्ने शासकलाई सर्वोच्चको लगाम’

सफल खबर संवाददाता

बुधबार, १२ फागुन २०७७, ०९ : २३
चलचित्रकर्मी भुवन केसीको प्रतिक्रिया : संविधानमाथि खेलाँची गर्ने शासकलाई सर्वोच्चको लगाम’

काठमाडौं । नेपाली चर्चित अभिनेता भुवन केसीले सर्वोच्च अदालतको आदेशसंगै प्रतिनिधिसभाको पुनर्स्थापना हुने भएपछि खुसी व्यक्त गरेका छन् ।  उनले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिनिधिसभा पुनर्स्थापना भएकोमा खुशी लागेको भन्दै उक्त प्रतिक्रिया दिएका हुन् । 

केसीले लेखेका छन्, ‘सर्वोच्च अदालतको आजको निर्णयले संविधानमाथि खेलाँची गर्ने शासकलाई लगाम लगाउने नजिर मात्र स्थापना गरेको छैन, हजारौंको भौतिक र मानसिक बलिदानीपछि प्राप्त संविधानको सर्वोच्चताको पनि रक्षा गरेको छ।’ सँगै हामी सबैले संविधानको अक्षरश पालना गर्नुपर्छ र नगर्नेहरु दण्डित हुन्छन् भन्ने सन्देश पनि दिएको छ, कठिन समयमा सही निर्णय गर्ने न्यायमूर्तिहरुलाई मेरो सलाम।’   

उनले अगाडी थपेका छन्, ‘संवैधानिक संकट त टर्यो तर नेतृत्वमाथिको आशंका टरेको छैन भन्दै आउँदो समयमा शासन सत्तामा रहनेले संविधान न जनता कसैलाई पनि ‘टेकन फर ग्रान्टेड’ नलिनु होला।’  

प्रतिक्रिया दिनुहोस