प्रतिनिधिसभा विघटनविरुद्ध रत्नपार्कमा प्रदर्शन

सफल खबर संवाददाता

मंगलबार, ११ फागुन २०७७, १६ : ०६
प्रतिनिधिसभा विघटनविरुद्ध रत्नपार्कमा प्रदर्शन

काठमाडौँ । नेपाल आदिवासी जनजाति महासंघ लगायत विभिन्न संघसंस्थाले प्रतिनिधिसभा विघटनविरुद्ध मंगलबार रत्नपार्कमा प्रदर्शन गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गर्ने कदम असंवैधानिक र प्रतिगामी भएको भन्दै रत्नपार्क शान्तिबाटिकामा विरोध प्रदर्शन गरिएको हो ।

आदिवासी जनजाति महासंघ, अखिल नेपाल महिला संघ, मधेसी राष्ट्रिय मुक्ति मोर्चा, नेपाल लोकतान्त्रिक मधेसी संगठन, थारु राष्ट्रिय मुक्ति मोर्चा, नेपाल लोकतान्त्रिक थारु संघ र मुस्लिम संगठन नेपाल लगायतका संघ संगठनको आयोजनामा विरोध प्रदर्शन भएको हो ।

प्रतिक्रिया दिनुहोस