पार्टीमा विभाजन आउँदा नेपाली जनता दुःखी : उपप्रधानमन्त्री पोख्रेल

सफल खबर संवाददाता

मंगलबार, ११ फागुन २०७७, ११ : ५४
पार्टीमा विभाजन आउँदा नेपाली जनता दुःखी : उपप्रधानमन्त्री पोख्रेल

file Photo

चितवन । उपप्रधानमन्त्री ईश्वर पोखरेलले पार्टीमा विभाजन आउँदा नेपाली जनता दुःखी भएको बताएका छन् । ओली पक्षका पत्रकारले राखेको पत्रकार भेटघाट कार्यक्रममा उपप्रधानमन्त्री पोखरेलले पार्टी विभाजन कसैको हितमा नभएको र यसबाट सबै दुःखी भएको बताए । उनले केही प्रवृत्ति र व्यक्तिगत कुण्ठाका कारण पार्टी फुटेको बताउँदै पोखरेलले यसबाट कार्यकर्ता दुःखी भएकोसमेत बताए । 

‘यो दुःखद छ । नेपाली जनतालाई, कम्युनिस्ट आन्दोलनका कार्यकर्तालाई दुःखी बनाउने, पीडा दिने घटना घटेको छ, हामी सबै दुःखी छौं,’ उनले भने ।
उनले थप भनाइ राख्दै भने, ‘पार्टीमा देखिएको विभाजनले कसैको हित गर्दैन, यो दुर्भाग्य हो । यस्तो हुनु ठीक थिएन, भयो ।’ उनले पार्टी विभाजनमा धेरै चुनौती देखिएको र यसले अवसर पनि दिएको बताए । 

पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री पोखरेलले सर्वोच्च अदालतले जे फैसला गर्छ त्यसलाई स्वीकार गर्ने बताए । उनले भने, ‘अदालतको फैसला स्वीकार गर्छौ, गर्नुपर्छ, स्वीकार नगर्ने लोकतान्त्रिक दल हुन सक्दैनन् ।’ उनले तोकिएको समयमा चुनाव हुन्छ भन्ने विश्वास गर्दै ताजा जनादेशमा जानु नै लोकतान्त्रिक प्रणाली भएको बताए ।  ‘जसले जे भने पनि आखिर सबै चुनावमा जानुको विकल्प छैन’ उपप्रधानमन्त्री पोखरेलले भने ।

प्रतिक्रिया दिनुहोस