प्रधानमन्त्रीको पुतला माथि जुत्ता प्रहार

सफल खबर संवाददाता

सोमबार, १० फागुन २०७७, १५ : ३९
प्रधानमन्त्रीको पुतला माथि जुत्ता प्रहार

काठमाडौं। नेकपा प्रचण्ड–माधव नेपाल निकट अनेरास्ववियूले प्रधानमन्त्री केपी ओलीको पुतला बनाएर जुत्ताले हानेका छन् । 

सोमबार नारायणहिटी संग्राहलय अगाडि भेला भएका विद्यार्थीहरुले प्रधानमन्त्री ओलीलाई ‘प्रतिगमन’को प्रतिक भन्दै उनको पुतला बनाएर जुत्ता हानेका हुन् । 

त्यस क्रममा विद्यार्थीहरुले प्रतिमगन मुर्दावाद लगायतका नारावाजी गरेका थिए ।अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङले ओलीले प्रतिनिधि सभा विघटन लगायतका कदम प्रतिगमनकारी भएकाले सांकेतिक रुपमा प्रतिगमनकारीको पुतला बनाएर जुत्ता प्रहार गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस