थप ८० जनामा कोरोना सङ्क्रमण पुष्टि

रासस

आइतबार, ०९ फागुन २०७७, १९ : २६
थप ८० जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा ८० जनामा सङ्क्रमण पुष्टि भएसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई लाख ७३ हजार ४३१ पुगेको छ । गत २४ घण्टामा काठमाडौँमा ३६, ललितपुर ११ र भक्तपुरका दुई गरी  काठमाडौँ उपत्यकामा ४९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२१ जना निको भएसँगै कोरोनाबाट निको हुनेको सङ्ख्या दुई लाख ६९ हजार ८७६ पुगेको छ । 

प्रतिक्रिया दिनुहोस