धनुषाको जनकपुरधामस्थित एक होटेलमा युवती मृतअवस्थामा फेला

रासस

शनिबार, ०८ फागुन २०७७, २० : २५
धनुषाको जनकपुरधामस्थित एक होटेलमा युवती मृतअवस्थामा फेला

सांकेतिक तस्वीर

जनकपुर । धनुषाको जनकपुरधामस्थित एक होटेलमा युवती मृतअवस्थामा फेला परेकी छिन् । 

Yeti Diistillery Tansen Cement box

शनिबार जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ स्थित नमस्कार होटेल एण्ड गेस्ट हाउसमा अन्दाजी २२ वर्षीया एक युवती मृतअवस्थामा फेला परेको धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिए ।

सो होटेलको कोठामा झुण्डिएको अवस्थामा आज साँझ फेला परेको प्रवक्ता मिश्रले बताए । उनी त्यस गेस्ट हाउसमा विगत २ दिनदेखि बस्दै आएको उनले बताए ।