सिन्धुपाल्चोक । इन्द्रावती गाउँपालिका वडा नं २ का मोहन गिरीले प्राविधिक शिक्षा अध्ययन गर्ने सात विद्यार्थीलाई जनही रु ५० हजार सहयोग प्रदान गरेका छन् । इन्द्रावती–३ को सिंहमती माविमा आयोजित शैक्षिक सामग्री प्रदर्शनी कार्यक्रममा शुक्रबार उनले सो रकम हस्तान्तरण गरेका हुन् ।
महेन्द्र माविबाट एसइई गर्ने दिनिसा गिरी, बनित भारती, सागर मल्ल र सुदीप भारती, सिंहमती माविका श्वेता थापा, शर्मिला तामाङ र विशाल तामाङलाई छात्रवृत्तिस्वरुप रकम हस्तान्तरण गरिएको हो । उनले विद्यालयस्तरमा अध्ययनरत दुई विद्यार्थीलाई जनही रु दुई हजार ५०० का दरले छात्रवृत्ति प्रदान गर्नुभयो । प्राविधिक शिक्षा पढ्न चाहने विद्यार्थीका लागि आगामी दिनमा पनि सहयोग प्रदान गर्ने उनले बताएका छन् ।
शैक्षिक प्रदर्शनी कार्यक्रमका प्रमुख अतिथि इन्द्रावती गाउँपालिका अध्यक्ष वंशलाल तामाङले शिक्षा क्षेत्रमा राम्रो नतिजा ल्याउने गरी गाउँपालिका लागिपरेको बताए । वडा नं ३ का अध्यक्ष देवप्रसाद बानियाँले आउँदो आर्थिक वर्षदेखि थप शिक्षक उपलब्ध गराउने वचन दिए । प्रदर्शनीमा नवलपुर मावि, राजेश्वरी माविको पनि सहभागिता थियो ।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, ०८ फागुन २०७७, १० : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्राविधिक शिक्षाको नाममा चितवनको ‘एनपिआई’ कलेजमा चरम आर्थिक शोषण, अनलाईन कक्षाको नाममा चर्को रकम असुल्न खोजेपछि विद्यार्थी आन्दोलित
अस्तव्यस्त बन्यो चितवनको कृषि विश्वविद्यालय
एक वर्षपछि खुले विद्यालय
कठिन अवस्थामा सङ्घर्ष गरेर पढिरहेका छोरीहरू
जेठ दोस्रो साताभित्रै एसईई सक्ने बोर्डको तयारी
वीपी कोइराला स्वास्थ्य प्रतिष्ठानका उपकुलपतिको कक्षमा लागेको ताला खुल्यो