तोकिएको मितिमा चुनाव हुन्छ: नेता नेम्वाङ

रासस

विहीबार, ०६ फागुन २०७७, १३ : २९
तोकिएको मितिमा चुनाव हुन्छ: नेता नेम्वाङ

इलाम । नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता सुवास नेम्वाङले आगामी आम निर्वाचनका लागि तयारीमा रहन सबैलाई आग्रह गरेका छन् । 
     
सदरमुकाममा आज आयोजित नेकपा कार्यकर्ता भेटघाटमा उनले निर्वाचन हुनेमा आफू विश्वस्त रहेको बताए ।
    
“प्रधानमन्त्री केपी शर्मा ओलीलाई निर्वाचन घोषणा गर्ने काम दुई सय प्रतिशत उपयुक्त लागेर गर्नुभएको हो ” नेता नेम्वाङले भने ,“सर्वोच्च अदालतले यस बारेमा अन्तरीम आदेश नदिनु भनेको निर्वाचन सम्बन्धी काम गर्दै गर्नु भनेको हो । यसैले चुनावी कार्यक्रममा जुट्नुपर्छ ।” 
    
संसदीय व्यवस्थामा प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार हुने गरेको दाबी उनको थियो ।