काठमाडौं ।यस वर्षको हेमराज स्मृति पुरस्कार ‘झरना साहित्यिक परिवार मकवानपुर’लाई अर्पण गरिने भएको छ । हेमराज पहारी स्मृति प्रतिष्ठानद्वारा स्थापित सो पुरस्कारको राशि नगद एक लाख सहित ताम्रपत्र रहेको छ । साहित्यकार एवं समाजसेवी हेमराज पहारीका योगदानलाई जनसमक्ष लैजान र साहित्यको विकासमा टेवा पु¥याउने लक्ष्यका सो स्मृति प्रतिष्ठान गठन गरिएको हो ।
प्राज्ञ हरिदेवी कोइराला संयोजक र लक्ष्मी निरौला र रमा परासर सदस्य रहेका प्रतिभा छनोट समितिको सिफारिस अनुसार झरना साहित्यिक परिवारलाई पुरस्कार प्रदान गर्न लागिएको हो ।
साहित्यकार हेमराजको ११औँ स्मृति दिवस यही फागुन १७ गते हेटौँडामा स्मृतिसभा र पुरस्कार समर्पण समारोह आयोजना गरिने प्रतिष्ठानका अध्यक्ष रीता न्यौपानलेले जानकारी दिए । विसं २०५० मा स्थापना भएको सो संस्थाले हरेक महिनाको चौथो शनिबार नियमित शृङ्खलासहित विभिन्न साहित्यिक गतिविधि सञ्चालन गर्दै आएको छ ।
प्रत्येक दुई वर्षमा प्रदान गरिने सो पुरस्कार यसअघि शताब्दी पुरुष सत्यमोहन जोशी, दाङको राप्ती साहित्य परिषद्, धरानको विमल गुरुङ स्मृति पुस्तकालय र लोककवि अली मियाँलाई प्रदान गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, ०६ फागुन २०७७, १२ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘पाश्चात्य कला संक्षिप्त इतिहास’ पुस्तकको दोस्रो भाग सार्वजनिक
यस वर्षको महालक्ष्मी साहित्य पुरस्कार डा. लम्साललाई
नर्मदेश्वरीको ‘यात्राका तरङ्ग’ सार्वजनिक
भूगोल साहित्य समाजको अध्यक्षमा विनोदकुमार नेपाल
बुधबारदेखि जनकपुर साहित्य महोत्सव
भानु जन्मस्थल पुनः सङ्घीय सरकार मातहतमा