थाहा पाउनुहोस् कालो अंगुर खानुका फाइदा

एजेन्सी

विहीबार, ०६ फागुन २०७७, १० : २८
थाहा पाउनुहोस् कालो अंगुर खानुका फाइदा

काठमाडौं । फलफूल खाँदा स्वास्थ्यलाई फाइदा पुर्याउँछ । जसमध्ये अंगुर खाँदा पनि स्वास्थ्यलाई विभिन्न फाइदा पुर्याउँने चिकित्सकहरु बताउँछन् । 

कालो अंगुर खाँने गर्दा स्वास्थ्यलाई निकै फाइदा पुग्छ 

१. स्मरणशक्ति बढाउँछ 
कालो अंगुरको नियमित सेवनले स्मरण शक्ति बढ्छ । कालो अंगुरले दिमागको कार्यक्षमता बढाउँछ ।

२. इन्सुलिन बढाउँछ 
कालो अंगुरमा रेसवार्टल नामक पदार्थ पाइन्छ जसले इन्सुलिन बढाउने काम गर्छ ।

३. कोलेस्ट्रोल  नियन्त्रण गर्छ
कालो अंगुरमा पाइने साइटोकेमिकल्सले मुटुलाई फाइदा पुर्याउँछ । यसले कोलेस्ट्रोल पनि नियन्त्रण गर्छ ।

४. कपाल
कपालसँग जोडिएका समस्याहरुबाट हैरान हुनुहुन्छ भने कालो अंगुर खाने गर्नुपर्छ । यसमा भिटामिन ईको मात्रा भरपुर हुने भएकाले यसले कपाललाई निकै फाइला पुर्याउँछ ।

५. तौल घटाउन
कालो अंगुर खाँदा तौल कम गर्न पनि मद्दत पुग्छ ।

प्रतिक्रिया दिनुहोस