विश्वमा कोरोना संक्रमितको संख्या ११ करोड नाघ्यो

रासस

बुधबार, ०५ फागुन २०७७, १२ : २१
विश्वमा कोरोना संक्रमितको संख्या ११ करोड नाघ्यो

काठमाडौँ । विश्वभर कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या ११ करोड नाघेको छ । पछिल्लो २४ घण्टामा तीन लाख ४२ हजार १५१ जना संक्रमित थपिएका छन् । योसँगै विश्वमा कोरोना सङ्क्रमितको सङ्ख्या ११ करोड २० हजार ९१४ पुगेको हो ।

यस्तै पछिल्लो २४ घण्टामा ९ हजार ७७७ संक्रमितको मृत्यु भएको छ । योसँगै विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २४ लाख २८ हजार नाघेको छ ।

संक्रमितमध्ये ८ करोड ४८ लाखभन्दा बढी निको भएका छन् । उपचाररत २ करोड २७ लाख ५५ हजार ६७९ जनामध्ये ९७ हजार २२८ को अवस्था गम्भिर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।