अमेरिकामा कोरोनाले मृत्यु हुनेको संख्या ५ लाख नजिक

रासस

बुधबार, ०५ फागुन २०७७, ११ : ४६
अमेरिकामा कोरोनाले मृत्यु हुनेको संख्या ५ लाख नजिक

काठमाडौँ । अमेरिकामा कोरोनाले मृत्यु हुनेको संख्या ५ लाख नजिक पुगेको छ । पछिल्लो २४ घण्टामा १ हजार ७८७ संक्रमितको मृत्यु भएसँगै अमेरिकामा कोरोनाले ज्यान गुमाउने संक्रमितको संख्या ४ लाख ९९ हजार ९९१ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ६३ हजार ३९८ जनामा संक्रमण पुष्टि भएको छ । यसअघि २७ मंसिरमा एकैदिन अहिलेसम्मकै धेरै ३ लाख ८६ हजार ६५४ जनामा संक्रमण भएको थियो ।

पछिल्लो वृद्धिसँगै अमेरिकामा संक्रमितको संख्या २ करोड ८३ लाख नाघेको छ । संक्रमितमध्ये अहिलेसम्म १ करोड ८४ लाख ७९ हजार ४१८ जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका ९४ लाख १ हजार ८११ जनामध्ये १८ हजार ७१६ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।