भागरथीको हत्यारा भेटिए, प्रहरीले भोलि सार्वजनिक गर्ने

सफल खबर संवाददाता

मंगलबार, ०४ फागुन २०७७, २३ : ४५
भागरथीको हत्यारा भेटिए, प्रहरीले भोलि सार्वजनिक गर्ने

भागरथी भट्टको बलात्कार र हत्या प्रकरणको अनुसन्धानमा प्रहरीले सफलता हासिल गरेको छ ।

हत्या आरोपमा पक्राउ परेका भागरथी पढ्ने स्कुलकै विद्यार्थी (युवक) ले आफूले भागरथीको हत्यापछि बलात्कार गरेको स्वीकारेका छन् । 

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एक उच्च अधिकारीले अभियुक्तले अभियोग स्वीकार गरेको बताउँदै उनलाई भोलि पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी भएको बताए । 

यसअघि हत्यामा संलग्न भएको आशंकामा प्रहरीले दर्जनौँ व्यक्तिलाई नियन्त्रणमा लिएर पनि अनुसन्धान गरिरहेको थियो भने एक सरकारी कर्मचारीसमेतलाई नियन्त्रणमा लिएको थियो । 

गत माघ २१ गते विद्यालयबाट घर फर्किने बेला बेपत्ता भएकी भागरथी भोलिपल्ट स्थानीय लवलेक सामुदायिक वनमा मृत फेला परेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस