किन झुक्याए प्रधानमन्त्री ओलीले आफ्नै जनतालाई ?

सफल खबर संवाददाता

मंगलबार, ०४ फागुन २०७७, ०८ : २२
किन झुक्याए प्रधानमन्त्री ओलीले आफ्नै जनतालाई ?

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले तीन वर्ष सरकारमा रहेर आफुले के –के गरे ? भन्ने कुराको फेहरिस्त हिजो १० महिनापछि सिंहदरबारमा टेकेर घोषणा गरे । आफ्नै कार्यालय नटेकेका प्रधानमन्त्री ओलीले एकातिर सरकारलाई आफ्नै पार्टीका सहकर्मीले समानान्तर सरकार चलाउन खोजेर काम गर्ने नदिएको बताए भने अर्काेतिर फेरि उल्लेख्य काम तिन वर्षमा भएकोले कोही पनि निराश बन्नु पर्ने अवस्था सरकारले नदेखाएको दाबी गरेका छन् ।

२३ पृष्ठ लामो उपलब्धीको फेहरिस्त ओलीले सार्वजनिक गरिरहदा उनले जनतालाई झुक्याएका हुन् की साँच्चै काम पनि गरेका हुन ? भन्ने विषयमा गहिरो गरि घोत्लिनु पर्ने भएको छ । ओली हरेक भाषण र कागजमा सरकारले तीन वर्षमा कहिल्यै नभएका काम भएको भन्दै दाबी गर्छन् । तर उनले दाबी गरेजस्तो जनता, आफ्नै पार्टीका नेता र अन्य पार्टीका नेताहरु कोही पनि पत्याउनै तयार छैनन् । सारमा उनले आफनो सरकारको खराब आँकडा लुकाएका छन् ।

ओलीले तीन वर्ष बेकारमा त्यक्तिकै कुर्शीमा टाँसिएर मात्रै ब्यतित गरेको आम मानिसको बुझाई देखिन्छ । उनले मात्र देख्ने तर आम सर्वसाधारणले नदेख्ने कस्तो विकास ओलीले ३ वर्ष आफ्नै कार्यकक्ष सिंहदरबार सम्म नटेकेर बालुवाटारवाट गरे ? अहिले आम मानिसहरु आश्चर्यमा परेका छन् । सामान्यतयाः जो कोही प्रधानमन्त्री भएपनि दैनान्दिन त्यक्तिकै स्वभाविक नियमित प्रक्रियामा अगाडी बढने कामलाई पनि ओलीले आफ्नो सरकारको उपलब्धीमा समेटेका छन् । निर्मला पन्त र भागिरथीहरुको बलात्कार पछिको हत्याका दोषीलाई सरकारले पक्राउ गरेर कारवाही गर्न सकेको छैन् । तर सामान्य अनुसन्धान र कारवाहीका नियमित प्रक्रियालाई ओलीले आफ्नो सरकारको उपलब्धी घोषणा गरेको छ । 

उनी भन्दा अगाडीका सरकारले शुरु गरेर समयावधिका हिसाबमा ओलीकै सरकारको समयमा पूर्णता हुने कामलाई पनि ओलीले आफ्नो सरकारको प्रमुख कामको उपलब्धी सूचिमा समेटेका छन् । १० प्रतिशत आर्थिक बृद्धि हुने हावादारी गफ दिएका छन् । आगामी आर्थिक वर्षमा । कोभिडका कारण आयात घटेको र भारतमा मात्र निर्यात बढेको समान्य हो । तर त्यसलाई उपलब्धी ओलीले ठानेका छन् । स्थानिय तहका सरकारले गरेका कामलाई पनि आफ्नो सरकारले गरेको उपलब्धीका रुपमा समेटेका छन् । संघीयतामा देश गएर स्थानिय सरकार स्वायक्त रहेको कुरा अझै ओली स्वीकार्न तयार देखिन्नन ।

सम्वैधानिक निकायमा आफ्ना मान्छेलाई लगेर विपक्षमा रहेका नेतालाई तर्साउन अख्तियार देखाउदै आएको ओली सरकारले भ्रष्टाचारमा शून्य सहनसिलताको नीति लिएको र कुनै पनि भ्रष्टाचारीलाई नछोड्ने कागजी प्रतिबद्धता हरेक साल ओलीले गर्दै आएका छन् । तर अख्तियारमा निकट मान्छे लगेर आफना मान्छेलाई चोख्याउने गरेको कुरा जनताले बिर्सेका छैनन् । कोभिड कालमा महामारीका बेला जनताको जीवनसँग खेलबाड गर्ने, ओम्नीलाई औषधी र उपकरण खरिदको जिम्मा दिएर करोडौं कमिसन खाने मन्त्री र निकटका ब्यक्तिलाई चोख्याउने काममा लागेको जनताले बिर्सेका छैनन् । 

अख्तियारले आरोपित मन्त्रीलाई बयान समेत नगराई सिधै क्लिन चिट दिने, एकपटक कालोसूचिमा राखेको जस्तो नाटक देखाउने र लगत्तै निलम्बन फुकुवा गर्ने गरेको ओम्नीकै उदाहरण हेरे पुग्छ । यतिमा ओली सरकारले गरेका आर्थिक अराजकताको बेपरवाह आर्थिक अराजकता मच्चाएको जनताले बिर्सेका छैनन् । आफ्नै क्याबिनेटका सञ्चारमन्त्रीले सेक्युरेटी प्रेसमा ७० करोडको काण्ड पर्दाफास हुदा आफै न्यायधिस झै चोख्याउने प्रयासमा लागेका ओलीले भष्टाचारीलाई देखी सहन्न, मुखले कुल्ला गर्छु भन्ने जस्तो सधैको रटाने अभिब्यक्ती यसपटक पनि उल्लेख गरेका छन । त्यसलाई उनले उपलब्धी ठानेका छन् । 

सरकारका दैनान्दिन काम उपलब्धीमा समेटेका छन् । उनी भन्दा अगाडीका सरकारले शुरु गरेर समयावधिका हिसाबमा ओलीकै सरकारको समयमा पूर्णता हुने कामलाई पनि ओलीले आफ्नो सरकारको प्रमुख कामको उपलब्धी सूचिमा समेटेका छन् । १० प्रतिशत आर्थिक बृद्धि हुने हावादारी गफ दिएका छन् । आगामी आर्थिक वर्षमा । कोभिडका कारण आयात घटेको र भारतमा मात्र निर्यात बढेको समान्य हो । तर त्यसलाई उपलब्धी ओलीले ठानेका छन् । स्थानिय तहका सरकारले गरेका कामलाई पनि आफ्नो सरकारले गरेको उपलब्धीका रुपमा समेटेका छन् । संघीयतामा देश गएर स्थानिय सरकार स्वायक्त रहेको कुरा अझै ओली स्वीकार्न तयार देखिन्नन ।

तर चुनावी घोषणपत्रमा दाँजेर हेर्ने हो भने ओलीले कुनै काम गरेको देखिदैन । चुनावी प्रतिबद्धता एकातिर र ओलीको बाटो अर्काेतिर प्रष्ट देखिन्छ । झण्डै दुई तिहाईको बहुमत प्राप्त सरकार, स्रोत साधान र अवसरका हिसावले ओलीले चाहेका भए , पार्टीको चुनावी घोषणापत्रका आधारमा अगाडी बढेका भए ओलीले गर्न सक्ने धेरै थिए । तर उनले केही पनि गरेनन् । लप्सेफेदी, रातमाटे, दमौली, हेटौडा, पाल्पा, बुटवल प्रसारण लाइन यसैवर्ष शुरु गर्न खोजिएको कार्यक्रम भनी ओलीले उपलब्धी ठानेका छन । यो विवादास्पद एमसिसि सम्बन्धी अनुदान अन्र्तगत बन्ने परियोजना हो । यो यस अगाडी नै तय भएको कार्यक्रम हो । न की ओलीले यसै वर्ष शुरु गर्न खोजेको । हुदै नभएका आयोजना पनि गर्न खोजिएको भन्दै जस लिन खोजेका छन् प्रधानमन्त्री ओलीले ।

रसुवागढी, काठमाडौं, पोखरा, लुम्बिनी रेलमार्ग, वीरगन्ज काठमाडौं रेललाई उपलब्धी मानेका ओलीले त्यो कसरी उपलब्धी भन्नेमा बोलेका छैनन् । वेत्रावती स्याप्रूवेसी सुरुङ, सिद्धबाबा सुरुङमार्ग, थानकोट चित्लाड सुरुङमार्ग, काठमाडौं हेटौडा सुरुङमार्ग, खुर्काेट चियाबारी सुरुङ मार्ग पनि ओलीले सरकारका उपलब्धीको सूचिमा राखेका छन् । तर त्यसको अहिलेसम्म अध्ययन समेत भएको छैन् । ६ वर्षसम्म कार्यान्वयन नभएको चीनसँगको पारवाहन सम्झौता पनि उपलब्धी देखेका छन ओलीले । तर त्यस अन्तर्गतका काम हुन सकेका छैनन् । पानी जहाजमा भाषण र कार्यालय उदघाटन बाहेक केही प्रगति छैन् ।

तर ओलीले उपलब्धी भनेका छन् । जबकी ०७५ पुस १५ देखि ओलीले पानी जहाजै चल्ने बताएका थिए । जनताको थाप्लोमा ऋण २४ हजारबाट बढेर ४९ हजार पुगेको छ ।  कुनै पनि वर्ष किसानले रसायनिक मल पाएका छैनन् । तर पनि ओली रमाइलोका साथ भन्छन उपलब्धी भयो । ओलीले जनतालाई बेबकुफ ठानेका छन् । भूलभूलैयामा राख्न विभिन्न आँकडा देखाउने गरेका छन् । तर त्यो कुनै तथ्य र वास्तविकतमा छैन् । ओली रमाइलो गफ दिन्छन, काम गर्दैनन भन्ने उनले बिताएको यो तीन वर्षको अवधिले प्रष्टै देखाईसकेको छ ।
 

प्रतिक्रिया दिनुहोस