भागरथीअघि नै जहाँ ५ जनाको हत्या भएको थियो

पत्रपत्रिकाबाट

सोमबार, ०३ फागुन २०७७, ०७ : ३५
भागरथीअघि नै जहाँ ५ जनाको हत्या भएको थियो

भागरथी भट्ट हत्या भएकै बैतडीको दोगडाकेदारअन्तर्गत पर्ने साविककको देउलेक गाविसमा यसअघि नै ५ जनाको हत्या भएको पाइएको छ ।

तर सो घटनामा अनुसन्धान नै नभएको पाइएको खबर कान्तिपुर दैनिकले छापेको छ । 

गुपचुप राख्ने गरिएकैले अपराधका घटनाले निरन्तरता पाउँदा भागरथीको हत्या भएका त होइन भन्ने टिकाटिप्पणी पनि हुन थालेको छ । 

डोगडाकेदार ७ का जयसिंह कार्की ०७४ भदौ १५ गते मृत  भेटिए भने खुरा कार्कीको ६५ सालमा हत्या भयो । यस्तै ०६५ मा गगन सिंह कार्कीको हत्या भयो ।

यी ३ जनाका ेहत्याअघि पनि एक जना भट्ट थरका पुरुष र अर्का एक जनाको हत्या भएको स्थानीय बासिन्दा बताउँछन् ।  

प्रतिक्रिया दिनुहोस