१४ लाख थान स्मार्ट लाइसेन्स कार्ड किन्दै विभाग

पत्रपत्रिकाबाट

आइतबार, ०२ फागुन २०७७, ०८ : ३५
१४ लाख थान स्मार्ट लाइसेन्स कार्ड किन्दै विभाग

काठमाडौं । यातायात व्यवस्था विभागले थप १४ लाख थान स्मार्ट लाइसेन्स कार्ड खरीद प्रक्रिया अघि बढाएको छ । विभागले १४ लाख ८ सय थान कार्ड खरीदका लागि फ्रान्सेली कम्पनी स्मार्ट कार्ड एन्ड सोलुशन (एसईएलपी) लाई ठेक्का दिएको छ ।

विभागले १२ लाख ४ हजार अमेरिकी डलर (१४ करोड रुपैयाँ) मा उक्त कम्पनीलाई ठेक्का दिएको हो । विभागले गत भदौ दोस्रो साता स्मार्ट लाइसेन्स कार्डका लागि ठेक्का आह्वान गरेको थियो, जसमा मलेशियाको कम्पनी आइरिस बर्हाड कर्पोरेशन, फ्रान्सेली कम्पनी एसईएलपी र भारतीय कम्पनी मद्रास सेक्युरिटी प्रिन्टर्सले ठेक्का हालेका थिए । आर्थिक अभियान दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस